बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मान’ कास्कीका महाकाव्यकार माधव वियोगीलार्य समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
उहाँका ९ वटा महाकाव्य र ८ वटा खण्डकाव्यसहित ४१ वटा कृति प्रकाशित छन् । उहाँले छन्द बचाऊँ र महाकाव्यलेखन अभियान चलाउनुभएको छ । यस सम्मानको कोष व्यवस्थापन कवि कविप्रसाद प्याकुरेल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
