बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान समालोचना सम्मान’ काठमाडौँका समालोचक प्रा. डा. उषा ठाकुर समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
लामो समयसम्म प्राध्यापन गर्ने क्रममा उहाँले नेपाली र हिन्दी दुवै भाषामा आधा दर्जन समालोचनात्मक कृतिहरू नेपाली वाङ्मयमा प्रस्तुत गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन पत्रकार हरिगोपाल प्रधान (काठमाडौँ) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
