
बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको दोस्रो चरणको पुरस्कार समर्पण समारोह यही माघ २६ गते शनिबार गर्ने भएको छ । शब्दयात्रा प्रकाशनले आठ विधामा ९ जनालाई पुरस्कार समर्पण गर्ने भएको हो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ गरिनेछ ।

उक्त समारोहमा शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ (ललितपुर), शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार गीतकार श्याम तमोट (भोजपुर), शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार हुमकला पाण्डे (अर्घाखाँची) र शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक साहित्य पुरस्कार आध्यात्मिक लेखक टहलदास शिवाकोटी ‘यात्री’ (झापा) लाई समर्पण गरिनेछ ।

उक्त कार्यक्रममा शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार साहित्यकार अनन्त कोइराला (रौतहट), शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार इन्जिनियर तथा अधिवक्ता दिनेश चौधरी (महोत्तरी), शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार निर्मलाकुमारी यगोल श्रेष्ठ (काभ्रेपलाञ्चोक) र शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार संयुक्त रूपमा नवीन खड्का र पुस्तका खड्का (सङ्खुवासभा) लाई समर्पण गरिनेछ ।







रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ माघ २०८१, आईतवार ०९:१४
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु
