काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो ।
सुदूरलाई फाइनलमा ९ विकेटले पराजित गर्यो । सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले १८।१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।
एपीएफका लागि कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् ।
एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो । यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३र२४ मा उपाधि जितेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ माघ २०८१, शनिबार १५:०३
फिल्म लाज शरणणमको टिजर सार्वजनिक
सभापति कप फुटबलको उपाधि संकटालाई
अमेरिकाको विमान दुर्घटनाः २८ जनाको शव निकालिएयो
सबै अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
अखिल (क्रान्तिकारी)को चुनावः प्रचण्डलाई गतिलो धक्का, प्रभाकारको प्रभाव ह्वात्तै
त्रिदेशीय महिला टी–२० आजदेखि