वासिंगटन (एजेन्सी) । संयुक्त राज्य अमेरिकाका शीर्ष सरकारी चिकित्सकले मदिराजन्य पेय पदार्थले क्यान्सर निम्त्याउँछ भनेर प्रकाश पार्न स्वास्थ्य चेतावनीका लागि आह्वान गरेका छन् । साथै, उनले जोखिमका कारण दैनिक सेवनको सीमा पुनर्मूल्याँकन गर्न आग्रह गरेका छन् ।
सर्जन जनरल विवेक मूर्तिले मदिरा र क्यान्सरबीचको सम्बन्ध सन् १९८० को दशकदेखि नै ज्ञात रहेको र थप प्रमाणहरूले खतराको पुष्टि गरिरहेको बताए । तैपनि अनिवार्य चेतावनी लेबलहरूले स्वास्थ्य खतरालाई सम्बोधन गर्न सकेका छैनन् ।
‘मदिरा क्यान्सरको एक सुस्थापित, रोकथाम योग्य कारण हो, संयुक्त राज्य अमेरिकामा वार्षिक रूपमा लगभग एक लाख क्यान्सरका घटना र २० हजार क्यान्सर मृत्युका लागि जिम्मेवार छ’, मूर्तिले विज्ञप्तिमा भनेका छन्, ‘यो संख्या प्रत्येक वर्ष लगभग १३ हजार पाँच सय मदिराजन्य ट्राफिक मृत्युहरू भन्दा बढी छ ।’ ‘अझै पनि अधिकांश अमेरिकी यस जोखिमबारे अनभिज्ञ छन’, उनले सार्वजनिक शिक्षाको तत्काल आवश्यकतामा जोड दिँदै भने ।
सन् १९८८ मा प्रस्तुत गरिएको विद्यमान चेतावनी लेबलमा ‘जन्मजात विकृतिको जोखिमका कारण गर्भवतीहरूले मदिराजन्य पेय पदार्थ सेवन गर्नु हुँदैन’ र ‘मादक पेय पदार्थको सेवनले कार चलाउने वा मेसिनरी सञ्चालन गर्ने क्षमतालाई बिगार्छ र स्वास्थ्य समस्या निम्त्याउन सक्छ’ भनेर मात्र उल्लेख छ ।
दक्षिण कोरिया र आयरल्यान्ड लगायत अन्य देशहरूले गरेजस्तै मूर्तिले अहिले राम्रोसँग स्थापित क्यान्सर जोखिमलाई प्रतिबिम्बित गर्न यी लेबलहरूलाई आधुनिकीकरण गर्न कंग्रेसलाई आह्वान गरे ।
मदिरा सेवनले कम्तीमा सात प्रकारका क्यान्सरको जोखिम बढाउँछ । यसमा स्तन, कोलोरेक्टल, कलेजो, मुख, घाँटी, भोजननली र स्वरयन्त्रको क्यान्सर समावेश छन् । स्तन क्यान्सरका मात्र १६।४ प्रतिशत घटनाको कारण मदिरा हो । तर सार्वजनिक जागरूकता निकै पछि छ ।
सन् २०१९ को एक सर्वेक्षणले ४५ प्रतिशत अमेरिकीले मात्र मदिरालाई क्यान्सरको जोखिम कारकको रूपमा पहिचान गरेको पाइएको थियो । जबकि विकिरण सम्पर्कका लागि ९१ प्रतिशत, सुर्तीजन्य पदार्थको प्रयोगका लागि ८९ प्रतिशत, एस्बेस्टस सम्पर्कका लागि ८१ प्रतिशत र मोटोपनाका लागि ५३ प्रतिशतले पहिचान गरेका थिए ।
मदिराले चार प्रमुख तरिकाबाट क्यान्सरमा योगदान पुर्याउँछ । यसले अक्सीडेटिभ तनाव उत्पन्न गर्छ, जसले डिएनए, प्रोटिन र कोषिकाहरूलाई नोक्सान पुर्याउँछस यसले इस्ट्रोजेन लगायत हर्मोन स्तरलाई बिगार्छ, जसले स्तन क्यान्सरको जोखिम बढाउँछस र यसले सुर्तीजन्य पदार्थबाट लगायत कार्सिनोजेनको अवशोषण बढाउँछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ पुष २०८१, बुधबार ०८:५७
भिमसेनस्थानका साँ गुठीद्वारा मरूसतस्मा गजूरमा पतास् फेर्ने र गाई पूजा सम्पन्न
श्रीस्वास्थानी व्रत प्रारम्भस् चाँगुनारायण यात्रामा ऐतिहासिक भाँडाकुँडा फुटाउने परम्परा पुनः सम्पन्न
नेपाल सीनियर केयर र क्यान्सर निवारण प्रतिष्ठानबीच सम्झौता
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि