काठमाडौं । होटल तथा पर्यटन क्षेत्रका परिचित नाम हो देशबन्धु बस्नेत । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य, वायु तथा यातायात समितिका अध्यक्ष र नेपालमा जाम्बियाको मानार्थ कन्सुलरसमेत रहेका बस्नेत एबी होल्डिङका अध्यक्ष पनि हुन् ।
एबी होल्डिङले होटल, पर्यटन, कृषि, स्वास्थ्य, ऊर्जालगायतका परियोजना विकास र इक्विटीमा लगानी गर्दै आइरहेको छ । उनैले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्रान्ड मक्र्योर काठमाडौं होटल सुकेधारामा सञ्चालनमा ल्याउँदैछन् ।
आगामी माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त होटल विश्वप्रसिद्ध ब्रान्ड एकोर ग्रुपअन्तर्गतको मक्र्योर होटल हो । अन्तर्राष्ट्रिय ब्रान्ड, युवाले खोलेको, समाजलाई खुसी बनाएर फरक किसिमको समन्वय भएको होटलको रूपमा बस्नेतले यसलाई परिभाषित गरेका छन् ।
युवा उद्यमी बस्नेतका अनुसार एकोर ग्रुप एक विश्व प्रसिद्ध र अग्रेणी आतिथ्य उद्योग हो, जसले १ सय १० देशहरूमा ५५ सयभन्दा बढी होटल र १० हजारभन्दा बढी खाना तथा पेयस्थलहरू सञ्चालन गर्दै आएको छ । लक्जरीदेखि आर्थिक वर्गसम्मका ब्रान्डहरूको समावेशी पोर्टफोलियो रहेको एकोरले उत्कृष्ट पाहुना अनुभव प्रदान गर्दै आइरहेको छ। मक्र्योर, एकोर ग्रुपको एक प्रतिष्ठित ब्रान्ड हो ।
उनले भने, ‘यो होटल स्थानीय सांस्कृतिक अनुभव र विश्वव्यापी रूपमा यस उद्योगमा विकास भइरहेको मापदण्डको संयोजनको लागि प्रसिद्ध छ । विश्वभरि एक हजारभन्दा बढी होटलहरूको उपस्थितिसहित, मक्र्योरले आफ्नो स्थानको संस्कृति, सम्पदा, र पहिचानलाई प्रतिविम्बित गरेर अतिथिलाई अनौठो आकर्षण प्रदान गर्ने गर्छ। नेपालमा एकोर भित्रिएसँगै १ सय ११ मुलुकमा उपस्थिति जनाएको छ ।’
पछिल्लो समय सुकेधारा पर्यटनको हब बन्दै गएको छ । जहाँ गोपीकृष्ण बन्दै छ भने अकामा होटल छ, रेन्टल अपार्टमेन्ट बन्दै छ । लोकेसनका अनुसार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकमध्येको एक होटलमा पर्छ ।
यस्तै सहरको मुख्य स्थानहरूमा ट्राफिक, भीडभाड, पार्किङलगायतको कारणले पनि सम्भव छैन । सुकेधारा मुख्य सहरभन्दा केही पर र फराकिलो पनि छ । विश्वमा पनि राजमार्ग वा चक्रपथमा रहेका ठूला परियोजनाहरू सञ्चालनमा सहज भएको उदाहरणहरू हुँदा मर्करी होटलको लोकेसन हामीले सुकेधारा छानेका हौं। सहजै आउन जानका लागि पनि यो लोकसन सबैका लागि उपयुक्त हुन्छ जस्तो लाग्छ ।
बस्नेतका अनुसार मक्र्योर होटलमा एउटा सुपर स्विट, ७ जुनियर स्विट र डबल तथा सिंगल बेड गरी १ सय ४ कोठा छन्। यो फुड एन्ड बेभरेज (एफ एन्ड बी) ओरियन्टेड होटल हो ।’
‘यहाँ भारतीय, इटालियन रेस्टुँरा, २ वटा बार, करिब ४ सय जना अट्ने बैंकेट हलसहित आउट डोर पनि छ । अर्को ४ सय जना अट्ने बैंकेट बनाउने प्रक्रियामा छौं। दुई वटा मिटिङ रुम छन् । पाँचतारे होटलको मापदण्डलाई आवश्यक पर्ने सबै पूर्वाधार हामीसँग छ’ उनले भने ।
बस्नेतले भने, ‘स्थानीयतर्फ एफ एन्ड बिमा केन्द्रित भएकोले आउने दिनमा नेपाली युवाहरू माझ यो लोकप्रिय हुन्छ भन्ने आशा लिएको छु। रुफ टफ बार छ जहाँबाट ३६० डिग्री पूरै काठमाडौं देख्न सकिन्छ। नयाँ किसिमको आउटडोरका लागि यो होटल परिचित बन्न सक्छ। यस्तै, इनफिनिटी पुल पनि हामीसँग छ। विश्वमा यो चलेको पनि छ । यसले पनि नेपाली पर्यटनलाई आकर्षित गर्छ भन्ने लाग्छ ।’
उनका अनुसार मक्र्योर काठमाडौं होटलको विकासमा तीन अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ । बैंकसँगको ऋण र स्वपुँजीमा यो होटलमा लगानी भएको छ । सुरुमा साढे चार रोपनीमा होटल संरचना बनाइएको हो । उनले अहिले बैंकेट हल, क्यासिनोलगायतका संरचना थप्ने काम भइरहेकोले जग्गाको क्षेत्रफल पनि बढिरहेको बताए ।
पछिल्लो समय युवा पलायन देशको विकराल समस्या भइरहेको अववस्थामा युवाले आफ्नो पहलमा अन्तर्राष्ट्रिय चेन होटल सञ्चालनमा ल्याउन लाग्दा यसले सकारात्मक सन्देश जाने उनको भनाइ छ ।
उनले भने, ‘होटलले वातावरणीय अध्ययन, भवन निर्माणको स्वीकृतिलगायत अन्य आवश्यक सरकारका स्वीकृति लिएका छौं। होटल सञ्चालनमा गएपछि पाँचतारे होटलको अनुमति पाउँछौं । त्यसका लागि पनि आवश्यक प्रक्रिया अघि बढाएका छौं ।’
#MercureKathmanduSukedharaHeights
#dineshbahaurbasne
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ पुष २०८१, मंगलवार १७:५१
भिमसेनस्थानका साँ गुठीद्वारा मरूसतस्मा गजूरमा पतास् फेर्ने र गाई पूजा सम्पन्न
श्रीस्वास्थानी व्रत प्रारम्भस् चाँगुनारायण यात्रामा ऐतिहासिक भाँडाकुँडा फुटाउने परम्परा पुनः सम्पन्न
नेपाल सीनियर केयर र क्यान्सर निवारण प्रतिष्ठानबीच सम्झौता
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि