आर्यन र आशा फिचरिङ “अन्तिम भेट” सार्वजनिक (हेरौँ भिडियो)

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा राम्रो सम्भावना बोकेका मोडल तथा कलाकार हुन् आर्यन कार्की । युवा पुस्ताले निकै रुचाउने आर्यन अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ।

यसैबीच, उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ। “अन्तिम भेट ” बोलको म्युजिक भिडियो प्गmबच ऋजबगबिनबष्ल युट्युब च्यानलबाट रिलिज भएको हो ।

गीतमा पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक कुमार चौलागाई र कोपिला तामाङ वाईवाको मनछुने आवाज छ।सम्भु नेपालको मनछुने शब्द अनि संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ ।

गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा लोकप्रिय मोडल आर्यन कार्की , आशा विश्वकर्मा,उमेश कार्की, सदिक्षा सिग्देल, रितिका खड्का, दिपक आले मगर, मनिषा आले मगर लगायत अन्य कलाकारहरु फिचर्ड छन् । उनीहरुको अभिनय भिडियोमा तारिफयोग्य छ ।

भिडियोलाई उमेश कार्कीले निर्देशन गरेका हुन् भने भिडियोमा मरुभुमी नारायणको छायांकन अनि रोशन धितालको सम्पादन रहेको छ । गीतलाई दर्शक स्रोताले एकदम रुचाएका छन् । युटुबमा पनि गीतलाई राम्रो राम्रो कमेन्ट प्राप्त भएको छ।

हेर्नुस् भिडियो:

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ११ पुष २०८१, बिहीबार ०९:०२