
काठमाडौं । कतार एयरले आजदेखि दोहाबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतार एयरले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ ।
दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ । कतार एयर भैरहवामा उडान गर्ने पाँचौ कम्पनी हो । यसअघि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।
कतार एयरवेजले दैनिक दुई उडान काठमाडौं र एउटा उडान भैरहवाबाट गर्ने भएको छ । विमानस्थलमर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ कार्तिक २०८१, मंगलवार ०९:२०
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
