काठमाणडौं । स्पेनका राष्ट्रिय फुटबल खेलाडी रोड्रीले यसवर्ष पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा रहेको थिएटर डु शाटेलेटमा भएको भब्य समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डरसमेत रहेका रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् ।
रोड्रीले यसवर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।
यसैबीच महिलातर्फको अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार जितेकी हुन् । यस्तै स्पेनका लागि महिला विश्वकप–२०२३ जिताउन योगदान गरेकी थिइन ।
यसैबीच, रियल म्याड्रिडले बालोन डी’ओर अवार्ड कार्यक्रम बहिष्कार गरेको छ । भिनिसियस जुनियरले बालोन डी’ओर जित्ने यसअघि अनुमान गरिएको थियो । तर अन्तिम समयमा रोड्रीले यो अवार्ड जित्ने भएपछि रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गरेको हो ।
फ्रान्सको फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड सन् २००८ देखि पहिलो पटक लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबाहेक तेस्रो खेलाडीले पाएका हुन् । यसअघि सन् २०१८ मा लुका मोड्रीच र सन् २०२२ मा करिम बेन्जमाले पाएका थिए । यस वर्ष भने मेस्सी र रोनाल्डो दुवै मनोनयनमा परेनन् । गएको वर्ष यो अवार्ड मेस्सीले जितेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-29
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
