
काठमाण्डौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल एक सय तीन रनले पराजित भएको हो ।
क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर एक बलमा एक सय ५० रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २२ रन बनाए । क्यानडाका डेलिन हेलिगरले ५ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो । क्यानडाका लागि कप्तान निकोलस किर्तनले अविजित ७३ रन बनाए । नेपालका ललित राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए । एकदिवसीय खेलमा क्यानडासँग नेपाल पहिलो पराजय हो ।
यसअघि क्यानडासँग भएको तीनवटा खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । जितसँगै क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल पाँच खेलमा एक जित र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ आश्विन २०८१, मंगलवार ०८:३६
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
