
काठमाण्डौ । दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।
नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि घरमा नै सुरक्षित राख्ने दाबी गरे । २० वर्षमुनिको साफ च्यापिम्यनशिप भदौ १२ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिता सन् २०१५ देखि शुरुवाता भएको हो । नेपालले यो प्रतियोगिता आयोजना गरेको चौथो पटक हो । अहिलेसम्म पाँच संस्करण भएकोमा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनलमा पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ भाद्र २०८१, आईतवार ०९:०३
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
