काठमाण्डौ । दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।
नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि घरमा नै सुरक्षित राख्ने दाबी गरे । २० वर्षमुनिको साफ च्यापिम्यनशिप भदौ १२ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिता सन् २०१५ देखि शुरुवाता भएको हो । नेपालले यो प्रतियोगिता आयोजना गरेको चौथो पटक हो । अहिलेसम्म पाँच संस्करण भएकोमा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनलमा पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
