
चार दशकअघि काठमाडौंबाट हराएको मूर्ति बेलायतले लन्डनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ।
नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका सम्पदामध्ये एउटा मूर्ति र एउटा तोरण बेलायतले नेपाललाई हस्तान्तरण गरेको हो। लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरिएको छ।
सोह्रौं शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरण काठमाडौंको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसै गरी १८औं शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौंको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो।
गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा मूर्ति वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीति अनुसार हराएको मूर्ति प्राप्त गरेपछि नेपाललाई हस्तान्तरण गरिएको जनाइएको छ।
मूर्ति हस्तान्तरण समारोहमा राजदूत आचार्यले बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकारका तर्फबाट कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा राखेकाे दूतावासले जनाएको छ। बेलायत प्रहरीका तर्फबाट आफ्नो भनाइ राख्दै डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सामग्री फिर्ता गर्न पाउँदा खुशी लागेको बताए।
हस्तान्तरण गरिएको मूर्ति र तोरण चाँडै नै नेपालको पुरातत्त्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी गराएको नियोग उपप्रमुख रोशनी खनालले बताइन्। ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा. इमिलिन स्मिथले नेपाललाई सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताइन्। (रासस)
https://www.himalkhabar.com/news/128885
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०९:२०
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
