
काठमाडौं । बिश्वकै सम्राट राज्य न्यूयोर्क शहरमा आयोजना भएको मिस नेपाल नर्थ अमेरिका २०२४ को ग्रान्ड फिनाले (समापन समारोह)मा आना कोइराला बिजयी भएकी छिन।
बिजेता बनेकी आनाले आफू सहित कूल १८ जना प्रतियोगितामा सहभागी भएका अन्य १७ जना प्रतियोगीहरुलाई पछि पार्दै मिस नेपाल नर्थ अमेरिका २०२४ अर्थात उत्तर अमेरिका नेपाल सुन्दरी २०२४ को ताज पहिरन सफल भएकी हुन् ।
यसैगरि रुवी पौडेल प्रथम उपबिजेता र आदिश्री रेग्मी द्वितिय उपबिजेता भएका छन् । उक्त प्रतियोगिताको लागि क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।
यस बर्षको “मिस नेपाल नर्थ अमेरिका २०२४” को अन्तिम शीर्ष १८ मा पुग्न सफल भएका प्रतिभाशाली प्रतियोगीहरुमा क्रमसस् मीनेसोटाकी आयुषा तुलाधर ,टेक्ससकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी आना कोइराला , क्यानडाकी अनु सुबेदी ,न्यूयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर ,ओहायोकी दृश्य धिताल ,न्यूजर्सी ओनिका बानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल , कोलोराडोकी सबिता चौलागाई ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका थिए ।
मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएको छ र यस बर्ष पनि अगस्त ३ शनिवार सम्पन्न गरिएको छ । बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा प्रतियोगिताको आयोजना गरिएको थियो भने अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण भन्ने मूल नारा दिइएको थियो ।
यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो भने मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठ हुन । यस बर्ष मिस नेपाल नर्थ अमेरिका २०२४ अर्थात् उत्तर अमेरिका नेपाल सुन्दरीको प्रशिक्षण बाल्टिमोरमा गरिएको थियो । बाल्टिमोरमा सम्पन्न तालिमको प्रवन्ध स्थानिय नाम्लो ईभेन्ट, नाम्लो अन एयरको टोली (टिम) ले जिम्मेवारी लिएको थियो ।

सुन्दरी प्रतियोगिताको लागि निर्णायकको भूमिका निर्वाह गर्नेहरुमा क्रमस नायिका आँचल शर्मा ,अधिवक्ता बासु फुलारा , कलाकार तथा नमुना (मोडल) अनुप बिक्रम शाही ,नायिका वर्षा राउत ,उषा उप्रेती , डा. उदिप श्रेष्ठ ,सन् २०२० की मिस नेपाल युनिभर्स अनिश्का शर्मा , मोडलरसुगठन उधमी भावना कल्वानी, मोडल तथा कार्यक्रम प्रस्तोता डा. सरिशा श्रेष्ठ, २०२२की मिस नेपाल नर्थ अमेरिकाकी बिजेता प्रतियुशा बोहरा रहेका थिए ।
यस पटकको बिजेता सिधै २०२५ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी (मिस नेपाल) प्रतियोगितामा प्रतिस्पर्द्धीको रुपमा भाग लिन पाउने छन । बिगत बर्ष झै यस बर्ष पनि पूर्व नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले प्रशिक्षणको रुपमा भूमिका निर्वाह गरेकी थिईन । बिगत बर्ष झै यस बर्ष पनि आधिकारिक फोटोग्राफर (छायाचित्रकार) नाम्लो ईभेन्टस्ले गरेको र टोलीमा विक्रान्तमान श्रेष्ठ ,दिलिप श्रेष्ठ र सृजन ताम्राकार रहेका थिए । कार्यक्रम सॅचालन सुवेक्षा खडकाले गरेकी थिइन ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ श्रावण २०८१, सोमबार १०:५५
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
