काठमाडौं । त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले एमबीएस प्रथम सत्रको एमजीटी ५१५ ‘अर्गनाइजेशन बिह्याावियर’ विषयको प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको छ । व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको आइतबार बसेको बैठकले प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको हो ।
त्रिविको डीन कार्यालयले एमबीबीएसको प्रश्नपत्र बाहिरिएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीउपर कानुनी कारवाही सिफारिसका लागि छानविन समिति गठन गरिएको जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् ।
साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डीनको कार्यालयले छानविन समिति गठन गरेको हो । परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-26
एमबीएस परीक्षाको प्रश्नपत्र लिकबारे अध्ययन गर्न छानविन समिति गठन
दक्षिण कोरियाको शताब्दीकै ठुलो सम्बन्धविच्छेद !
नारायणकाजी भन्छन्- प्रदेश सरकार गठनमा एमालेसँगको सहकार्य परिस्थितिजन्य बाध्यता हो
म केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ : कशिश लिम्बु
बन्द प्रशिक्षणमा ‘मिस एण्ड मिसेज युनिभर्सल–२०२६’मा प्रतियोगीहरु, आवेदन अझै खुला
ट्रम्पको दाबी : चीन र रुस इरान युद्धमा संलग्न छैनन्, हस्तक्षेप गरे गम्भीर परिणाम भोग्नुपर्छ
