
बनेपा । शब्दयात्रा प्रकाशनको आयोजनामा २०८१ साउन २ गते आयोजित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा हरि मञ्जुश्रीको शब्द, सङ्गीत र स्वर रहेको आध्यात्मिक गान ‘तत्त्वमसि’ सार्वजनिक गरिएको छ । गानलाई नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइकेलले सार्वजनिक गरेका थिए ।

गीतिभास्कर मच्छेश्वर सापकोटाले उक्त गानमाथि टिप्पणी गरेका थिए । यो गान हरि मञ्जुश्रीको सातौँ गान हो । यसको सुपरिवेक्षण गीतिभास्कर मच्छेश्वर सापकोटाले र वाद्यसंयोजन बालकृष्ण सेवाचार्यले गर्नुभएको छ । यसअघि हरि मञ्जुश्रीको शब्द, सङ्गीत र स्वरमा ‘प्रज्ञानं ब्रह्मः’, ‘अयमात्मा ब्रह्मः’, ‘अहं ब्रह्मास्मि’, ‘खं ब्रह्मः’ आदि गानहरू प्रस्तुत भइसकेका छन् । अब ‘माता मे भूमि पुत्रोऽहं पृथिव्याः’ र ‘वयं राष्ट्रेृ जागृयाम पुरोहिताः’ पनि आउनेछन् ।
समुन्नत सभ्यता र सम्पदालाई तहसनहस पार्न खोज्ने, शास्त्रीय र ऐतिहासिक तथ्यलाई गलत ढङ्गले प्रस्तुत गर्ने अनि धर्म, सम्प्रदाय, जाति, लिङ्ग, वर्ण, भौगोलिकता आदिका नाउँमा मानव–मानवबीच विभेद ल्याउने प्रयास भइरहेको देखेपछि चेतनामूलक र ज्ञानवर्धक आध्यात्मिक गानहरूका माध्यमबाट समेत नयाँँ पुस्तालाई आफ्नो मौलिकता र अस्तित्वको चिनारी गराइदिन र समाजलाई सकारात्मक दिशातिर लैजान सकिन्छ भन्ने सोचले यस्ता गानहरू तयार पारिएको हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ श्रावण २०८१, बिहीबार १९:०६
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
