मोरङ । मोरङको ग्रामथान गाउँपालिका-६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ ।
स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरीले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) समेत घाइते भएका छन् । उनको दाहिने काँधमा गहिरो चोट लागेको छ । उनको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको छ ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरैंचाबाट तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-07
देवरद्वारा खुकुरी प्रहार गरी भाउजुको हत्या
निर्णय एनएसके ‘म्युजिक एन्ड सोसल इम्प्याक्ट आइकन’ अवार्डबाट सम्मानीत
आकस्मिक बाढीको जोखिम, २५ जिल्लामा सतर्कता अपनाउन आग्रह
तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, १८३ अर्बको खरिदविक्री
जी. शाह : साहित्य सिर्जनामा राष्ट्रवादी कवि गीतकार
गणेश कुमार (साजवा) प्रजापतिको प्रेरणादायी यात्रा सांस्कृतिक सम्पदाका समर्पित शिल्पी:
