काठमाडौँ । गायक तथा समाजसेवी निर्णय एनएसके ‘फ्युचर आइकन्स अवार्ड्स २०२६’मा ‘म्युजिक एन्ड सोसल इम्प्याक्ट आइकन’ अवार्डबाट सम्मान सम्मानीत भएका छन् । आई.वाई.एल.एफ. इन्टरनेसनल यङ लिडर्स फोरमको आयोजनामा, अप्टिमेज ग्लोबलको प्रस्तुति तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न समारोहमा निर्णय एनएसकेलाई उक्त अवार्ड प्रदान गरिएको हो।
अप्टिमेज ग्लोबलकी संस्थापक अनुजा आचार्यको संयोजनमा बेस्ट वेस्टर्न प्लस होटल, काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ व्यक्तित्व कर्ण शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा शिक्षाविद् रमेश सिलवाल, कृष्ण अधिकारी, रञ्जना प्रधान, नरेशप्रसाद श्रेष्ठ, भक्त राजभण्डारीलगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

निर्णय एनएसकेले संगीत, सामाजिक सेवा र जनचेतनामूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पार्दै आउनुभएको छ। उहाँले आफ्नो सिर्जना, प्रस्तुति र सामाजिक सक्रियतामार्फत संगीतलाई मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा अघि बढाउँदै आएको आयोजकले जनाएको छ।
उहाँको संगीत क्षेत्रको योगदान, सामाजिक सक्रियता र समाजमा पुर्याउनुभएको सकारात्मक प्रभावको कदर गर्दै आयोजकले म्युजिक एन्ड सोसल इम्प्याक्ट आइकन अवार्ड प्रदान गरेको जनाएको छ।
समारोहमा मनोज ज्ञवालीलाई सीईओ अफ द इयर अवार्ड, जेन श्रेष्ठलाई यङ बिजनेस आइकन अवार्ड, राजेन्द्र शाक्यलाई सोसल इम्प्याक्ट अवार्ड, उत्तम भौकाजीलाई लिरिसिस्ट एन्ड एन्टरप्रेन्योरियल एक्सिलेन्स अवार्ड, निर्णय एनएसकेलाई म्युजिक एन्ड सोसल इम्प्याक्ट आइकन अवार्ड, कुमुद भट्टलाई वुमन एजुकेटर अवार्ड, प्रजित के। तिमल्सिनालाई इनोभेटिभ एजुकेटर अवार्ड, करण चौधरीलाई यङ बिजनेस लिडर अफ द इयर अवार्ड, कृष्ण कँडेललाई सोसल इम्प्याक्ट आइकन अवार्ड, प्रकाश सपुतलाई पिपुल्स म्युजिक आइकन अवार्ड, वर्षा सिवाकोटीलाई आउटस्ट्यान्डिङ एक्ट्रेस अवार्ड, रमन भट्टराईलाई इन्स्पिरेसनल स्पिकर अफ द इयर अवार्ड, प्रशान्त मिस्टलाई युथ म्युजिक एन्ड एन्टरप्रेन्योरसिप आइकन अवार्ड र बालकृष्ण श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।
आयोजक अप्टिमेज ग्लोबलकी संस्थापक अनुजा आचार्यका अनुसार फ्युचर आइकन्स अवार्ड्स २०२६ को उद्देश्य आ–आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका प्रेरणादायी व्यक्तित्वहरूको योगदानलाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु हो। यस्ता अवार्ड कार्यक्रमले नेतृत्व, उत्कृष्टता र सकारात्मक प्रभावलाई अझ व्यापक रूपमा अघि बढाउन प्रेरणा दिने विश्वास आचार्यले व्यक्त गर्नुभयो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-07
देवरद्वारा खुकुरी प्रहार गरी भाउजुको हत्या
निर्णय एनएसके ‘म्युजिक एन्ड सोसल इम्प्याक्ट आइकन’ अवार्डबाट सम्मानीत
आकस्मिक बाढीको जोखिम, २५ जिल्लामा सतर्कता अपनाउन आग्रह
तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, १८३ अर्बको खरिदविक्री
जी. शाह : साहित्य सिर्जनामा राष्ट्रवादी कवि गीतकार
गणेश कुमार (साजवा) प्रजापतिको प्रेरणादायी यात्रा सांस्कृतिक सम्पदाका समर्पित शिल्पी:
