- हरि गोपाल प्रधान
नेपाली भाषाको साहित्य सिर्जना सूपरिचित नाम हो जी.शाह । राष्ट्रको भक्ति, प्रकृति प्रेम र प्रणय भाव झल्किने खालका गीत लेखनमा पोख्त जी.शाहका गीतहरुले सबै किसिमका गीत श्रोताहरुलाई उत्तिकै प्रभाव पार्दछन् । राष्ट्रवादी विचारले भरिएका गीतले राष्ट्रिय चिन्तन बोकेका हुन्छन् भने प्रकृति चित्रणले साहित्यानुरागी र भावुक हृदय भएकाहरुलाई प्रभावित तुल्याउँछन् । त्यस्ता मानव जीवनको अभिन्न अंङ्ग बनेको प्रेमलाई सिंगारपटार गरी आफ्ना गीतहरुमा सजाउन सक्नु जी.शाहका गीतको अर्को विशेषता नै हो ।
गीत सङ्गीतबाट प्रभावित नुहने मान्छे विश्वमै भेट्टाउन मुस्किल पर्छ । पीर व्यथाहोस् या खुशी व्यक्तगर्न, मानिसले गीतका शब्दहरु गुनगुनाउँछ । दुःखद क्षणमा गीतले मान्छेलाई प्रेरणाको काम गर्दछ भने मानव हृदयमा लुकेर बसेको दार्सनिक चेतना पनि गीत सङ्गीतको माध्यमबाट प्रस्फुटित हुन्छ । पृथ्वीमा जन्मेर यस धर्तीका मानिसहरुका निम्ति केही छाडेर जान सक्ने मान्छे यहाँ अमर बन्दछ र युगौं युगसम्म उसको नाम स्वर्ण अक्षर लेखिएर रहन्छ । साहित्यिक रचना, दर्शन तथा सामाजिक सेवा त्यस्ता मानिसहरुलाई अमर बनाउने कार्यहरु हुन् जुन केही मानिसले मात्र सफल रुपमा गर्न सक्छन् । अन्तर्हृदयमा उब्जेको भावनालाई अभिव्यक्त गर्न सक्नु नै साहित्य सिर्जना गर्नु हो ।
साहित्यका अनुरागीहरु धेरै किसिमका हुन्छन् । सिर्जना गर्न शैलीमा पनि आ–आफ्नै शैली अपनाउँछन् । साहित्यलाई सिँगार्ने नाउँमा शब्द थुपार्ने र नक्कल गर्ने शैली र अश्लील तथा छाडा संस्कृतिबाट प्रभावित सर्जकहरु पनि वर्तमान परिवेशमा नदेखिएका होइनन् । तर त्यस्ता साहित्यकारहरुले यस क्षेत्रलाई नै कलङ्कित तुल्याउँछन् । विशुद्ध मनबाट उब्जिएको भावना साहित्यमा समेटिन्छ भने त्यसले पाठकहरुलाई पूर्ण मनोरञ्जन दिनुका साथै सामाजिक परिवर्तनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
यस्तै भूमिका निर्वाह गर्ने कवी गीतकार जी. शाहका राष्ट्रवादी गीतहरुमा राष्ट्रको विकास र समुन्नतिको कामना गरिएको हुन्छ । प्रकृतिको सफल चित्रणले सिँगारिएको गीतहरुले भावनालाई छोएका हुन्छन् । प्रेम र प्रणयका गीतहरुले मानिसलाई एक अर्कामा गरिने स्वच्छ प्रेम र त्यागको शिक्षा दिएका हुन्छन् । यसरी देशभक्ति, प्रकृति चित्रण र प्रेमका त्रिवेणी जी.शाहका गीतहरुले चार दशक देखि निरन्तर नेपाली श्रोता माझ कर्णप्रिय बन्न पुगेका जी.शाहका गीतहरु आज पनि अझै पनि उत्तिकै श्रवणीय छन् । वर्तमान युग सुहाउँदा गीतहरुले रचनाले नेपालीहरुमाझ जी. शाह उत्तिकै प्रिय रहेका छन् भने भविष्यमा पनि रहिरहने कुरा रचनाहरुले प्रष्टयाइसकेका छन् ।
वास्तवमा एउटा सफल साहित्यकारमा राष्ट्रप्रतिको अगाध आस्था हुनु अनिवार्य हुन्छ जसले आगामी पुस्ताका निम्ति राष्ट्रिय भावना जगाउन सकोस् । त्यस्तै साहित्यमा मिठासको पनि उपस्थिति चाहिन्छ जुन साहित्यको अभिन्न अङ्ग पनि हो । अर्कातिर जीवनको सत्य पक्ष र वास्तविकतालाई रचनाहरुमा उतार्न सक्ने साहित्यकारले नै समाजको वास्तविक परिस्थितिलाई बुझ्न पनि सक्तछ । कवी गीतकार जी.शाह यस्तै खालका गीतकार हुन् ।
गीतकार जी.शाहका गीतहरु म ध्यान दिएर सुन्दछु । उहाँका गीतहरुमा जीवनका तीता–मीठा क्षणहरुलाई बडो मार्मीक ढंगले वर्णन गरिएका हुन्छन् । जस्तो उहाँको त्यो एउटा गीतलाई म सा¥है मन पराउँछु ।
कसैलाई हुन्छ आँसुमा हाँसो कसैलाई हाँसोमा
कसैलाई बस्छ मुटुमा प्रीत कसैलाई आँखामा
उक्त गीत योगेश बैद्यले गाउनु भएको थियो भने त्यसमा शिवशंकरले संगीत हाल्नु भएको थियो २०३९ सालतिर रेडियो नेपालमा रेकर्ड भएको सो गीतको अर्को पंक्तिले अझै मेरो हृदयमा स्पर्श गर्दछ ।
कसैले देख्छ नीलो सागर कसैले बादललाई
कसैले खोज्छ जीवनमीत कसैले क्षणीक गीत
कसैलाई यहाँशान्ति मिल्छ नीलो सागर हेर्दा हेर्दैै मिल्ने शान्ति जस्तो ।
अनि कसैलाई भने बादल लागेको आकाशझै नमिठो लाग्छ ।
उहाँमा निसहरुको मनोभावगहिरिएर पढनु हुन्छ । थरिथरिका व्यक्तिउपर सोचि सोहीगीतमा यसरी लेख्नुहुन्छ ।
कसैलाई हुन्छ सधै नै फुर्सद कसैलाई नहुने
कसैलाई दिलदिनको आपद कसैलाई लिनको
यसरी गीतद्वारा जीवनजीवनको बाध्यता, विवशता व्यक्त गर्नुहुन्छ । अनि जीवनको कसैलाई अनमोल लाग्ने र कसलाई भने बेकार लाग्ने । यसरी उहाँ जिवन प्रति चिन्तनशील हुनुहुन्छ । अनि गीतद्वारा आफ्नो अभिव्यक्ति यसरी राख्नु हुन्छ ।
कसैले भन्छ जीवनहो जीत कसैले बेकारको
कसैले सोच्छ आफ्नै हो प्राण कसैले इश्वरको
उहाँका गीतहरु सरल सहज छन् । तसर्थ सर्व साधारणले समेत बुझेर आनन्द लिन सक्ने खालका छन् । जस्तो उहाँको अर्को यौटा गीतलाई सम्झेर गुन गुनाउँछु म :
जीवनको रुप चर्केको ऐनामा देखिन्न
मायाको आश मायालुको रुपमा पाइन्न
मनको प्रीत एकवार केवल फेरिन्छ
मुटुको धडकन साथी एक मै भेटिन्न
उहाँले यसरी पवित्र प्रेमको व्याख्या गर्नुहुन्छ । सयौं जनासँग माया प्रिति लाएपनि मुटुको धड्कन मात्र एक जनासँग हुने अभिव्यक्ति प्रकट गर्नुहुन्छ ।
इन्द्रेणी रङ्ग आँखा चिम्ली देखिन्न
मुहारमा यौवन जीवन भर फुल्दैन
दिलकी प्रिया एकबार केवल पाइन्छ
हृदयमा तस्वीर प्रियतममा एकैको राखिन्छ
इन्द्रेणी हेर्ने आँखा खोल्नै पर्छ । आँखा विना त सौन्दर्य देख्ने कुरै हुन्न । मुहारको सौन्दर्य यौवनमै देखिन्छ, त्यो जीवन भर रहने कुरै होइन । यो क्षण भङ्गुर जीवनमा दिललाई माया गर्ने हजारौंबाट मिल्दैन, मिल्छ भने एकै बार मात्र मिल्दछ । अनि प्रियको तस्वीर हृदयमा एकै पटक मात्र राखिन्छ । चाहेर पनि त्यो सयौंबाट राख्न मिल्दैन । उहाँ यसरी प्रेमको शास्वत सत्य प्रकट गर्नुहुन्छ गीत मार्फत । अनि फेरी व्याख्या गर्दै सत्यनारायण राजभण्डारीले गाउनु भएको र शिवशङ्करले दिएको संगीतमय उक्त गीतमा यसरी आफ्नो अनूभुति राख्नु हुन्छ जी.शाह
शीतलपल मरुभूमि बीच पाइन्न
सुनसान क्षण आँधी हुरी आउँदा भेटिन्न
आँखामा प्रयसी एकबार केवल पालिन्छ
यादमा यादगार एक्ले मात्र जागिन्छ ।

हरि गोपाल प्रधान
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-07
देवरद्वारा खुकुरी प्रहार गरी भाउजुको हत्या
निर्णय एनएसके ‘म्युजिक एन्ड सोसल इम्प्याक्ट आइकन’ अवार्डबाट सम्मानीत
आकस्मिक बाढीको जोखिम, २५ जिल्लामा सतर्कता अपनाउन आग्रह
तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, १८३ अर्बको खरिदविक्री
जी. शाह : साहित्य सिर्जनामा राष्ट्रवादी कवि गीतकार
गणेश कुमार (साजवा) प्रजापतिको प्रेरणादायी यात्रा सांस्कृतिक सम्पदाका समर्पित शिल्पी:
