तिलौराकोटमा १५ सय वर्ष पुरानो बुद्धको मन्दिर फेला
  • ईश्वरलाल ढकाल


काठमाडौं । कपिलवस्तुको तिलौराकोटमा कुसानकालमा निर्मित करिब १५ सय वर्ष पुरानो बुद्ध मन्दिर फेला परेको छ । तीन दशक लगातार उत्खननपछि सो मन्दिर फेला परेको हो ।

विसं १९९८ सालबाट पछिल्लो चरणको उख्खनन सुरु भएको थियो । पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुरहाम विश्वविद्यालयका पुरातत्वविद्हरुले उत्खननका क्रममा तिलौराकोटमा अस्थायी विश्व सम्पदा सूचीमा सूचीकृत स्थलमा नेपालको पहिलो बौद्ध मन्दिर भेटिएको हो ।
संयुक्त टोलीले दक्षिण एसियाकै उत्कृष्ट रुपमा सुरक्षित प्रारम्भिक ऐतिहासिक सहर तथा त्यसको परिवेशमध्ये एक मानिने प्राचीन सहर तिलौराकोटमा नेपालको पहिलो अर्धवृत्ताकार बौद्ध मन्दिर पत्ता लगाएको हो । यो मन्दिर भारतको सारनाथ मन्दिरसँग मिल्दोजुल्दो छ ।

मन्दिरहरुको पछिल्लो भाग अर्धवृत्ताकार (घुमाउरो) हुन्छ, जसले स्मारकको धार्मिक केन्द्रलाई परिभाषित गर्छ र अर्को छेउमा प्रवेशद्धार छ । यस्ता मन्दिरका प्रारम्भिक उदाहरणहरु चट्टान काटेर निर्माण गरिएका स्मारकहरु पाइन्छन् । तिलौराकोटमा पत्ता लागेको यो स्मारक, जुन नेपालमै पहिलो हो यसै संरचनात्मक स्वरुपमा आधारित छ तर यसको अवस्थिति असामान्य छ ।

यो धार्मिक परिसरभन्दा अलग नभई सहरभित्रै निर्माण गरिएको वृत्ताकार मन्दिरको दुर्लभ उदाहरण हो । पुरातात्विक नैतिकता तथा सांस्कृतिक सम्पदामा युनेस्को चेयर रोबिन कनिङ्घमले भन्नुभयो । तिलौराकोटमा महत्वपूर्ण मन्दिरसहित सामग्री फेला पारेको जनाएको छ । बुद्धिस्ट साइट विहारशैलीको क्षेत्र १९९८ देखि सुरु गरेको हो ।

नेपालको ग्रेटर लुम्बिनी क्षेत्र अमूर्त र मूर्त सांस्कृतिक सम्पदाले अत्यन्त समुद्ध छ ।’ कपिलवस्तु सहरको तिलौराकोटमा यो अद्वितीय मन्दिरको खोजले यस क्षेत्रको बौद्ध सम्पदाको समृद्धि तथा दक्षिण एसियाका प्राचीन बौद्ध तीर्थमार्गहरुमा यसको महत्वलाई थप पुष्टि गर्छ ।

हालै पत्ता लागेका मन्दिरसहितको संरचना कपिलवस्तु सहरको केन्द्रनजिकै, सहरको प्रारम्भिक दरबार (महल) परिसरका अवशेषमाथि निर्माण गरिएको थियो । यस केन्द्रीय घेराबन्दी गरिएको परिसरले १ दशमलव ५ मिटर चौडाइको विशाल इँटाको पर्खालद्धारा १००–१०० मिटर क्षेत्रफल ओगटेको छ ।

प्लिन्थ लेभलमा श्रद्धा र पूजा आराधनाको केन्द्रका रुपमा विकसित भयो, जहाँ ध्वस्त भएका भव्य पर्खालमाथि बौद्ध विहारहरु निर्माण भएको उत्खननमा फेला परेको छ । यिनै विहारमध्ये एकको आँगनभित्र मन्दिर निर्माण गरिएको थियो, जसले अघिल्लो विहारभित्र रहेको पुरानो बौद्ध स्तुपलाई सम्मान गर्दै त्यसैलाई केन्द्रमा राखेर निर्माण गरेको देखिन्छ ।

उत्खननको क्रममा मन्दिर तथा केन्द्रित धार्मिक अनुष्ठानको स्थान रहेको संकेत गर्छ’ । यस महत्वपूर्ण मन्दिरको खोजले यसस्थलमा बौद्ध आराधनाको महत्वमात्र होइन, स्वयं स्थलको ऐतिहासिक महत्व स्पष्ट रुपमा देखिन्छ । उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा तिलोराकोट कपिलवस्तु क्षेत्रमा सर्वेक्षण तथा उत्खनन गरेका भारतीय पुरातत्वविद् पीसी मुखर्जीले यी पछिल्ला अवशेषहरुलाई देव मन्दिरका रुपमा पहिचान र अभिलेख गरेका थिए ।

यस उत्खनन सत्रका खोजहरुले तिलोराकोटको समृद्ध पुरातात्विक सम्पदा तथा धार्मिक अभ्यासका लागि विकसित संरचना, बौद्धविहार र मन्दिरको महत्व स्पष्ट रुपमा देखिन्छ । वैज्ञानिक विश्लेषणका लागि नमुना सक्रलन गरेको छ, जसले यस समृद्ध सांस्कृतिक तथा धार्मिक क्रम कसरी विकसित भयो भन्ने प्रमाण प्रदान गर्नेछ, साथै दक्षिण एसियामै अर्धवृत्त आकारको पहिलो बुद्धको मन्दिरको पहिलो वैज्ञानिक मिति निर्धारण गर्न मद्दत गर्ने उहाँको धारणा थियो ।

यस अघि विभागले तिलौराकोतलाई विश्वसम्पदा सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया गत वर्ष सम्पन्न ४६ औँ सेसनमा प्रस्ताव गरेको थियो र्। सो बैठकले संयुक्त उत्खनन गर्दा नेपालमा पहिलोपटक अर्धवृत्ताकार बुद्धको मन्दिर फेला पारेको हौ ।’ विभागका विश्वसम्पदा कपिलवस्तुलाई एउटै क्षेत्रमा ल्याएर काम गर्न निर्देशन दिए पनि सम्बन्धित निकायले फरकफरक प्रसंग गएकाले छुट्टै अध्ययन गरेको हो ।

लुम्बिनी बुद्ध जन्मेको ठाउँ हो भने कपिलवस्तु शुद्धोधनको राजधानी भएको विषय उठाएका छौँ । थप अनुसन्धान गरेर नोमिनेसनका लागि पेस गछौँ । उत्खननमा दुरहाम विश्वविद्यालय छन् । जुलाईमा ४८ सेसन हन्छ ।’ विभागका महानिर्देशक प्रधानाङ्गले भन्नुभयो । उहाँले सय बिगाहा क्षेत्रफल ओगटेको तिलौराकोटमा हाल ३४ बिगाहा क्षेत्रमा मात्र उत्खनन भइरहेको छ । ५० बिगाहा अधिग्रहण गरिसकेको छ । ५० बिगाहा अधिग्रहण गरी संरक्षण गर्ने छ भन्ने आधार गरेको छन् ।

  • राजा शुद्धोधनको पालामा निर्माण भएको पाइयो
  • दुई वर्षपछि विश्वसम्पदा क्षेत्रमा लैजान प्रस्ताव गरिने
  • दोस्रो शताब्दीमै तिलौराकोट ठुलो सहर भएको पुष्टि
  • बुद्धिस्टको भिक्षापात्र, दियोलगायत सामग्री भेटियो

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-06-17