इलाम । भारतले नेपाली तयारी चियाको आयातमा नयाँ मापदण्ड लागू गरेपाची इलामका उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अनुसार भारतीय चिया बोर्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ जारी गरेपछि नेपाली चिया निर्यातमा विभिन्न प्रकारका गुणस्तर जाँच, जोमिखपूर्ण र अपारदर्शी नतिजा, तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरूका कारण नेपालबाट भारततर्फ चिया निर्यात हुन अवरोध भएको छ ।
एसोसियसनले हाल भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाम मै रोकिएको अवस्था छ भने यता नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको बताएको छ । उनीहरुले भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि नदिदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको र असार १ गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन् ।
एसोसियसनले भनेको छ- ‘ भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि दिँदैन । यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपिएका छन् । यी अनेकौं समस्याहरूका कारण उद्योगहरूले किसानहरूलाई हरियो चियापत्तीको भुक्तानी समेत दिन नसक्ने भयानक अवस्था सिर्जना भएको छ । यस्तो विषम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं। अतः सम्पूर्ण उद्योगहरू आगामी २०८३ असार १ गते देखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराउँदछौं ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-14
पाटन औद्योगिक क्षेत्रमा स्थानीयको विरोधका बीच एक्सट्रिम इनर्जी ड्रिकको भवन निर्माण, जनस्वास्थ्यमाथि खेलवाड !
इलामका चिया उद्योग असार १ गतेदेखि बन्द गर्ने घोषणा
३० हजार ट्रामाडोल क्याप्सुल बरामद, तीन जना पक्राउ
अवतरणकै क्रममा भारतीय वायु सेनाको एएन–३२ विमान दुर्घटनाग्रस्त
पाकिस्तानमा भारी वर्षा : ४ जनाको मृत्यु, १६ घाइते
२०८३ जेठ ३० गते शनिबार : आजको राशिफल
