सिन्धुपालचोकबाट १६२० थान भेपसहित ७ जना पक्राउ

काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित ७ जना पक्राउ परेका छन् । गएराति ९ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

चीनबाट भोटेकिशी–३ बोक्चेन हुँदै अरनिको राजमार्ग १० किलो निक्लिने भित्रिबाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ९ वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिए ।

राईका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी–४ का वर्ष ३५ का गणेश खड्का, वर्ष ४६ का हिमाल खड्का, वर्ष २४ का विकास बि.क, वर्ष ४८ का रामबहादुर बि.क, वर्ष १७ का विशाल रक्पाल, वर्ष ३७ का मंगलबहादुर थामी र बाह्रबिसे नगरपालिका–५ का वर्ष ४२ को कान्छा तामाङ छन् । उनीहरूलाई इलाका प्रहरी काकार्यालय कोदारीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

नेपाल–चीन सीमास्थित तातोपानी नाकाबाट पछिल्लो एक महिनायता यात्रु शाखाबाट कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन । तातोपानी भन्सार कार्यालयले मितेरीपुलस्थित यात्रु शाखाबाट खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि सीमावर्ती क्षेत्रको झोलेपोके व्यापार ठप्प छ । बिहान सबेरै चिनियाँ बजार झामु पुगेर बेलुका झोलाभरि सामान लिएर फर्किने स्थानीयको चहलपहल सरकारी नियम लागू भएसँगै रोकिएको हो ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-05-16