भाषा भासिन थाल्दै छ भानुको अर्थ खोज्नु छ
अमुल्य कृतिको नासो विकृतिसँग सोध्नु छ
घाँसी को हो ? कुवा के हो जान्दैनन् अबका भुरा
बिर्खे टोपी अ हो ! बाजे पुराना छन्दका कुरा ।
डिट्ठा बिचारि छन् उस्तै उस्तै छ उपियाँ पनि
भोली भोली त भन्दैनन् भन्छन् ले रुपियाँ भनी
खुसखोर छ अड्डामा घर्घर्मा द्वन्द्वका कुरा
बिर्खे टोपी अ हो ! बाजे के गर्नु छन्दका कुरा ।
चपला अबला ज्यादै छोटा वस्त्र लगाउने
शिक्षा दिक्षा चलेको छ पाठशाला जलाउने
बन्धु हत्या छिट्टै जान्यौँ सिक्दै छौँ बन्दका कुरा
बिर्खे टोपी अ हो ! बाजे के गर्नु छन्दका कुरा ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
