काठमाडौं । क्रिकेटर सन्दीप लामछिानेले वेस्ट इण्डिजमा हुने आईसीसी टी –२० विश्वकप खेल्ने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानले आज विज्ञप्ति निकालेर विश्वकप अन्तर्गत वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका र बङ्ग्लादेशसँको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लामिछानेले खेल्ने भएका जानकारी गराएको हो ।
वेस्ट इन्डिजमा नेपालले बङग्लादेश र दक्षिण अफ्रिकासँग दुई खेल खेल्ने तालिका रहेको छ । अब दुवै खेलमा खेलमा सन्दीपले सहभागिता जनाउने भएका छन् । अमेरिकाले भिसा नदिए पनि आइसीसीसँग समन्वय गरेर वेस्ट इण्डिजमा हुने खेलमा सन्दीपलाई समावेश गरिएको क्यानले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
