
मुम्बई – बलिउडमा सबैभन्दा चर्चित फिल्महरूको नाम आउँदा ‘मुगले आजम’, ‘शोले’, ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’, ‘हम आपके हैँ कौन’ आदि फिल्मको नाम आउँछ । अझ व्यापारसँगै वजनदार फिल्मको नाम लिनुपर्दा आमिरको ‘लगान’, ‘दंगल’ आदि नाम आउँछन् ।
अस्करको अन्तिम ५ को दौडमा सामेल हुन सफल ‘लगान’ले ४९ वटा अवार्ड जितेको रेकर्ड छ । तर बलिउडमा झण्डै सयको संख्यामा अवार्ड जितेको फिल्म छ र त्यसको नाममा सबैभन्दा बढी अवार्ड जित्ने रेकर्ड पनि छ ।
त्यो फिल्म हो सन् २००० मा रिलिज भएको ‘कहो ना प्यार है’ । ऋतिक रोशन र अमिषा पटेलको डेब्यू रहेको यो फिल्मले ९२ वटा अवार्ड जितेको थियो । योसँगै यो फिल्मलाई सन् २००२ मा बढी अवार्ड जित्ने फिल्मको रुपमा गिनिज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको थियो ।
सन् २००३ मा लिम्का वल्र्ड रेकर्डमा पनि यो फिल्मको नाम छ । १० करोडमा बनेको यो फिल्मले उसबेला ७८ करोड कमाइ गरेको थियो । यही फिल्मबाट राकेश रोशनले पहिलोपल्ट फिल्मफेयर अवार्ड जितेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:५९
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
