बनेपा । शब्दयात्रा प्रकाशन २०८१ साल जेठ १५ गतेदेखि १३ औँ वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा शब्दयात्रा प्रकाशनले विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीले सभापतित्व गरेको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलकी आमा धनकुमारी कुइकेल, प्रमुख अतिथि १८ पुराणका नेपाली अनुवादक डा. बद्री पोखरेल र विशेष अतिथि गीतिभास्कर मच्छेश्वर सापकोटा थिए ।
त्यस कार्यक्रममा शब्दसाधक अतिथिगृहको समुद्घाटन र शिलाभिलेखको अनावरण गरिएको थियो । शब्दयात्रा प्रकाशनका ज्येष्ठ सदस्य प्रा. केदारनाथ श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरेर शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा संस्थापक सदस्य सकुल थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने आजीवन सदस्यद्वय हरि गोपाल प्रधान र केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला र पुष्पमाला अर्पण गरेका थिए ।
कार्यक्रममा आजीवन सदस्य जयनारायण नेपालले प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गरेका थिए । कार्यक्रममा शब्दयात्रा प्रकाशनले १२ वर्षभित्र गरेका कामहरूका बारेमा हरि मञ्जुश्रीले जानकारी गराएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
