
बनेपा । शब्दयात्रा प्रकाशन २०८१ साल जेठ १५ गतेदेखि १३ औँ वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा शब्दयात्रा प्रकाशनले विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीले सभापतित्व गरेको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलकी आमा धनकुमारी कुइकेल, प्रमुख अतिथि १८ पुराणका नेपाली अनुवादक डा. बद्री पोखरेल र विशेष अतिथि गीतिभास्कर मच्छेश्वर सापकोटा थिए ।
त्यस कार्यक्रममा शब्दसाधक अतिथिगृहको समुद्घाटन र शिलाभिलेखको अनावरण गरिएको थियो । शब्दयात्रा प्रकाशनका ज्येष्ठ सदस्य प्रा. केदारनाथ श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरेर शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा संस्थापक सदस्य सकुल थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने आजीवन सदस्यद्वय हरि गोपाल प्रधान र केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला र पुष्पमाला अर्पण गरेका थिए ।
कार्यक्रममा आजीवन सदस्य जयनारायण नेपालले प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गरेका थिए । कार्यक्रममा शब्दयात्रा प्रकाशनले १२ वर्षभित्र गरेका कामहरूका बारेमा हरि मञ्जुश्रीले जानकारी गराएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार ०८:५८
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
