बनेपा । बनेपामा लेखक, अनुसन्धाता, पत्रकार, कलाकार आदिका लागि अतिथिगृह सञ्चालनमा आएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयको उपयोग गरी एकान्त र रमणीय स्थानमा बसेर लेखन, सम्पादन, पठन, अनुवाद, अन्वेषण, अनुसन्धान र साङ्गीतिक सिर्जना गर्न चाहने लेखक–साहित्यकार, पत्रकार, अन्वेषक–अनुसन्धाता, कलाकार–सङ्गीतकार आदिका लागि साधनास्थल उपलब्ध गराउन अतिथिगृह सञ्चालनमा आएको हो ।
शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा बनेपामा अवस्थित कृष्णगीता परिसर शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा सञ्चालित यस अतिथिगृहलाई ‘शब्दसाधक अतिथिगृह’ नाउँ दिइएको छ । अतिथिगृहको उद्घाटन शब्दयात्रा प्रकाशन १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा २०८१ साल जेठ १५ गते शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लीलादेवी श्रेष्ठ र जग्गादाता कृष्णमणि कुइकेलकी आमा धनकुमारी कुइकेलले संयुक्त रूपमा गरेका थिए ।
संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीले सभापतित्व गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. बद्री पोखरेल र सभापति धनकुमारी कुइकेल थिए । अतिथिगृहको पहिलो अतिथि लेखक डा. इन्दुल केसी बनेका थिए । उनले शब्दसाधक अतिथिगृहको आफू पहिलो अतिथि बन्ने घोषणा कार्यक्रममै गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
