
काठमाडौं । बाल गायिका श्रेजु वाग्लेको स्वर रहेको र्याप गीत ‘जय होस’ को भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा माननीय महिला बाल–बालिका तथा जेष्ट नागरिक मन्त्री भगवती चौधरी, माननीय डा. रेखा यादव, प्रसिद्ध र्याप गायक निर्णय श्रेष्ठ (एनएसके) तथा विश्व किर्तिमान एवं बरिष्ट पत्रकार हरि गोपाल प्रधानले ‘जय होस्’ को गीत भिडियो विमोचन गरेका थिए ।

मन्त्रीज्यूले श्रेजुको आत्मविश्वासको प्रसंशा गर्दै उज्जवल भविष्यको शुभकामना दिनुभयो । साथै बरिष्ट पत्रकार हरि गोपाल प्रधानले आफ्नो नयाँ गीतमा श्रेजुको स्वर र र्याप राख्ने प्रतिवद्धता दिए । र्याप गायक निर्णय श्रेष्ठ (एनएसके) ले यसरी नै अगाडि बढ्दै आफ्नो माटो र मौलिकतालाई समेट्दै जानु भन्दै शुभकामना दिए । श्रेजुका पिता तथा गीतका रचनाकार खुशीको आँसु झारी बोल्न लाग्दा निःशब्द भई आशिर्वाद दिए ।

शेखर वाग्ले (सिड) को शब्द र संगीत रहेको गीतमा डीजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । विकास प्रसाईको निर्देशन रहेको भिडियोमा गायिका श्रेजु, वरिष्ठ र्याप गायक निर्णय एनएसके, डीजेएलएक्स पौडेल, शेखरलगायत फिचर्ड छन् । भिडियोमा गीत रेकर्डदेखि भिडियो बनाइएकोसम्मका दृश्य समेटिएका छन् ।


९ वर्षका श्रेजुले नेपाली र संस्कृत भाषामा गाएको यो गीत नेपालमै सम्भावित पहिलो हुनसक्छ । उक्त गीतको भिडियो बाबा–छोरी युट्युव च्यानलमा हेर्न सकिने छ । बाबाछोरीको रेडियो कार्यक्रम पनि हामी ईमेज न्यूज एफएम १०३.६ मा सुन्न सक्छौं । बाबाछोरीका अनुसार प्रेरणाको स्रोत निर्णय श्रेष्ठ (एनएसके) हुन् । उक्त गीतको लिङ्क तल दिइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ जेष्ठ २०८१, बुधबार ०८:१०
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
