
काठमाडौं । साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो ।
अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए । हिलालले १ गोल भने उपहार पाएको थियो । हाजमा अहमद अल जुवेदले उपहार गोल दिएका हुन् । यसैगरी हाजमका फैज सेलमानीले एक गोल फर्काए ।
जितपछि अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलबाट ८९ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको अल नासरको ३१ खेलबाट ७७ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अङ्कले अघि रहेपछि ३ खेल अगावै उपाधि पक्का गरेको हो । अल हिलालको १९औँ लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले समान ९–९ पटक लिगको उपाधि जितेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३० बैशाख २०८१, आईतवार ०८:०३
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
