
काठमाडौँ — रमेश क्षितिजको कविता संग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ को दोस्रो संस्करण प्रकाशन हुने भएको छ । प्रकाशक बुकहिलले दोस्रो संस्करणका लागि पुस्तकको नयाँ आवरण सार्वजनिक गर्दै छिट्टै बजारमा आइपुग्ने जनाएको छ ।
पहिलो संस्करणमा भएका सामान्य त्रुटिसमेत सच्याएर अझै परिष्कृत बनाइएको बुकहिलले जनाएको छ । ‘रमेश क्षितिजका कविता पाठकले निकै मन पराइदिनुभएको छ, आख्यानजस्तै बिक्रीसमेत भएकाले हामी उत्साहित छौं,’ बुकहिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुस्तकमा क्षितिजले सिर्जना गरेका ५३ वटा जीवनबोधी, दार्शनिक र आध्यात्मिक चेतनाका कविता संग्रहित छन् । क्षितिजका ‘अर्को साँझ पर्खेर साँझमा’ र ‘घर फर्किरहेको मानिस’ कविता संग्रह र ‘आफैं आफ्नो साथी भएँ’ गीत संग्रह प्रकाशित भइसकेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:४७
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
