काठमाडौँ — रमेश क्षितिजको कविता संग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ को दोस्रो संस्करण प्रकाशन हुने भएको छ । प्रकाशक बुकहिलले दोस्रो संस्करणका लागि पुस्तकको नयाँ आवरण सार्वजनिक गर्दै छिट्टै बजारमा आइपुग्ने जनाएको छ ।
पहिलो संस्करणमा भएका सामान्य त्रुटिसमेत सच्याएर अझै परिष्कृत बनाइएको बुकहिलले जनाएको छ । ‘रमेश क्षितिजका कविता पाठकले निकै मन पराइदिनुभएको छ, आख्यानजस्तै बिक्रीसमेत भएकाले हामी उत्साहित छौं,’ बुकहिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुस्तकमा क्षितिजले सिर्जना गरेका ५३ वटा जीवनबोधी, दार्शनिक र आध्यात्मिक चेतनाका कविता संग्रहित छन् । क्षितिजका ‘अर्को साँझ पर्खेर साँझमा’ र ‘घर फर्किरहेको मानिस’ कविता संग्रह र ‘आफैं आफ्नो साथी भएँ’ गीत संग्रह प्रकाशित भइसकेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
