कला लम्सालको ‘मायाको झल्को’ सार्वजनिक

काठमाडौं , फरक आवाजकी धनी तथा करिब १८ वर्षदेखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायिका कला लम्सालको नयाँ गीत ‘मायाको झल्को’ सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले युट्युब र सामाजिक सञ्जालमा श्रोता–दर्शकको ध्यान तान्न थालेको छ।गीतमा कला लम्सालसँगै बसन्त थापाको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत रामेश परियारले तयार गरेका हुन्। प्रेम र भावनालाई सरल तर मार्मिक ढंगले प्रस्तुत गरिएको यस गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।म्युजिक भिडियोमा कला लम्साल स्वयं र गंभीर बिष्टको अभिनय देख्न सकिन्छ। यसअघि लम्सालको चर्चित गीत ‘अन्टि लभर’ युट्युबमा केही महिनामै करिब २ करोड ७० लाख पटक हेरिएको थियो, जसमा उनले आफैं अभिनय गरेकी थिइन्। यस सफलताले उनको लोकप्रियतालाई थप मजबुत बनाएको छ।कला लम्सालले यसअघि ‘छड्के तिलरी’, ‘धानको चामल’, ‘धानेको चिउरा’ र ‘पातली, हेर्न मनाइन्छ’ जस्ता चर्चित गीतहरू गाइसकेकी छन्।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-12-19