काठमाडौं , प्रेम कथानक नेपाली चलचित्र कुमारीको दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक भएको ‘कता छौ मेरो फूल’ बोलको गीतले स्रोता तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको हो।बिहीबार केन्द्र मोसन पिक्चर्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ।
गीतको म्युजिक भिडियोमा फिल्मका शीर्ष कलाकार आकृति राजभण्डारी र अभिषेक खड्कालाई प्रस्तुत गरिएको छ।गीतको गायन शैली, शब्द र दृश्यात्मक प्रस्तुतीकरणमार्फत प्रेमिल भावनालाई सुन्दर र भावुक ढंगले उतारिएको छ। भिडियोमा आकृति र अभिषेकबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण प्रेमिल मुड प्रभावकारी रूपमा देख्न सकिन्छ।यस गीतको शब्द सुमन तामाङले लेखेका हुन् भने संगीत सुमन तामाङ र केहर सिंह लिम्बुको रहेको छ। अडियो प्रोडक्सन तथा मिक्सिङ–मास्टरिङ एस्थर रिजनले गरेका हुन्।दिनेश राउत**को निर्देशनमा बनेको ‘कुमारी’ भ्यालेन्टाइन डेको आसपास प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
फिल्ममा आकृति र अभिषेकसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ।बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन् भने निर्माता महेन्द्र अधिकारी रहेका छन्।
छायांकन सुशन प्रजापतिले गरेका हुन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ।फिल्म माघ २३ गते देशभर प्रदर्शनमा आउने तालिका तय गरिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
