
काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपवाल बहराइनसँग ५–० गोलले पराजित भएको हो ।
बहराइनले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप २ गोल ग¥यो । बहराइनका लागि महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले १÷१ गोल गरे ।
योसँगै समूह ‘एच’ मा ३ खेल खेलेको नेपाल अङ्कविहीन छ । बहराइन ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यूएई ३ खेलमा ३ जितसहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जितसहित यमन तेस्रो छ । नेपालले अब बहराइनसँग दोस्रो लेगमा आउँदो मंगलबार चैत १३ गते खेल्नेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार ०८:१४
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
