काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का प्रमुख ग्रेग बार्कले अर्को हप्ता नेपाल आउने भएका छन् । नेपाल क्रिकेट सङघ क्यानले विज्ञप्ति जारी गर्दै आईसीसीका अध्यक्षले आउँदो आइतवारदेखि ४ दिन नेपाल भ्रमणमा आउने जानकारी दिएको हो ।
बार्कलेले नेपाल भ्रमणको क्रममा त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको निरीक्षण गर्नेछन् । यस्तै, उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री लगायतलाई भेट गर्ने तालिका रहेको क्यानले जनाएको छ । नेपालले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्वकप सह–आयोजना गर्ने दाबी गर्दै आएको छ ।
क्यानले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ । बार्कलेले नेपाल भ्रमणका लागि आफु उत्साहित रहेको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
