
काठमडौं । अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतिष्पर्धामा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति नलिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न निर्देशन दिएको छ । एन्फाले राखेपको स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्थाको उल्लङ्घन गरेको भन्दै मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको हो ।
खेलकुद ऐन अनुसार लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएकोले कानून बमोजिम कारवाही गरी यसको जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिईएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । विश्वकटप फुटबल छनोट अन्तर्गत बहराइनमा हुने खेल र मलेसियामा हुने तयारीको लागि १० जना अनावश्यक व्यक्तिहरु सहभागी हुन गएको समाचारपछि मन्त्रालयले निर्देशन दिएको हो ।
यस्तै, दशरथ रङ्गशालामा अनावश्यक कार्यक्रम गर्न दिएकै कारण मैदानको अवस्था बिग्रिएको र बहराइनसँग घरेलु मैदानमै खेल्न पाउने खेल पनि उसकै मैदानमा खेल्नुपर्ने भएको छ । यसबारेमा पनि मन्त्रालय रुष्ट भएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ चैत्र २०८०, बिहीबार ०८:२५
‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण

स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियो

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक, कुन मन्त्रालयलाई कति बजेट ?

उच्च अदालतले दियो अफताब आलमलाई सफाइ
