
काठमाडौं । मिस वर्ल्डको फिनालेमा उत्कृष्ट ४० मा पुग्न सफल प्रियंकारानी जोशी आइतबार बेलुका स्वदेश फर्किएकी छन् । भारतमा आयोजित मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाएर उनी आइतबार बेलुका स्वदेश फर्किएकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित, पूर्व अध्यक्ष सुवर्ण क्षेत्री, निर्देशक प्रमोद कसंकार र अन्य पदाधिकारीहरुले स्वागत गरे । प्रियंका ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया र ओसियाना महादेशबाट उत्कृष्ट घोषित भइन् । यो विजयलाई उनलाई क्वार्टरफाइनलमा पु¥यायो ।
उनी अन्तिम ४० बाट बाहिरिएकी थिइन् । ‘ब्युटी विथ अ पर्पस’मा महादेशीय विजेता बनेसँगै प्राप्त गरेको अवार्ड पनि उनले स्वदेश ल्याएकी छन् । प्रियंकाले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारण लाइन पहुँचको प्रोजेक्टलाई ब्युटी विथ अ पर्पस विधामा प्रस्तुत गरेकी थिइन् । झण्डै एक महिनासम्म भारतको दिल्ली र मुम्बईमा चलेको ७१ औं मिस वर्ल्डको फिनाले शनिबार बेलुका मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजना भएको थियो ।



रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ चैत्र २०८०, बिहीबार ०८:१०
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
