काठमाडौं । नेपालले ७१ औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गर्न सफल भएको छ । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिइन् ।
प्रतिस्पर्धामा नेपाल ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया महादेशबाट विजेता बन्यो । यो विधामा जितसँगै प्रियंकाले उत्कृष्ट ४० अर्थात क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।
‘ब्युटी विथ अ पर्पस विधा’मा भने ब्राजिल समूह विजेता बन्यो । यसपटक प्रत्येक महादेशबाट विजेता चयन गरिएको थियो । यो संस्करणको मिस वर्ल्डबाट महादेशीय विजेता चुन्ने नयाँ अभ्यास सुरु भएको छ ।
भारतको मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा फिनाले आयोजना गरिएको थियो । बलिउड फिल्म निर्माता करण जोहर र पूर्व मिस वर्ल्ड मेगन योङले समारोह होस्ट गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-14
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
