काठमाडौं । ९६ औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले ७ विधामा ओस्कार अवार्ड जितका हुन् ।
यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । ‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।
क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे ।
यस्तो छ सर्वश्रेष्ठ सूची:
फिल्म– ओपेनहाइमर
निर्देशक– क्रिस्टोफर नोलन (ओपेनहाइमर)
अभिनेता– किलियन मर्फी (ओपेनहाइमर)
अभिनेत्री– एम्मा स्टोन (पुअर थिंग्स)
सहायक अभिनेता– रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
सहायक अभिनेत्री– द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
एडप्टेड स्क्रिनप्ले– अमेरिकन फिक्सन
ओर्जिनल स्क्रिनप्ले– एनाटोमी अफ अ फल
छायांकन– ओपेनहाइमर
ओर्जिनल सङ– बिली एलिस (बार्बी)
कस्ट्युम डिजाइन– पुअर थिंग्स
ध्वनी– द जोन अफ इन्ट्रेस्ट
ओर्जिनल स्कोर– ओपेनहाइमर
डकुमेन्ट्री फिचर– ट्वेन्टी डेज इन मौरिपल
अन्तर्राष्ट्रिय फिचर– द जोन अफ इन्ट्रेस्ट
मेकअप एण्ड हेयरस्टाइलिङ– पुअर थिंग्स
प्रोडक्सन डिजाइन– पुअर थिंग्स
सम्पादन– ओपेनहाइमर
भिजुअल इफेक्ट– गोडजिला माइनस वन
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-11
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
