काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा जित हासिल गरेर बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्- ‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।’
रवीन्द्रले डिफेन्डिङ च्याम्पियन भारतका चुनरेङ कोरेनलाई पराजित गरेका हुन् । उनले तेस्रो राउण्डको ५४ सेकेन्डमा कोरेनलाई नकआउट गरेका थिए । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै रवीन्द्रले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट हात पारेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
