पुजन काफ्लेले तीजको गीत ‘छड्के तिलहरी’ सार्वजनिक

काठमाडौं, पुजन काफ्लेले तीजको गीत ‘छड्के तिलहरी’ युट्युबमा सार्वजनिक गरेकी छन्। गीतमा शब्द, संगीत र स्वर पुजन स्वयंको छ। संगीत संयोजनको काम आदेश ग्रुमाछनले गरेका छन्।

गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको कुरा गरिएको छ। तीजमा सँगै मिलेर नाच्ने गाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ।

भिडिओमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ। केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडिओको छायांकन अजय रेग्मी र सम्पादन राकेश दाहालले गरेका हुन्। यसकी गायिका पुजनले गत वर्ष पनि तीजमा गीत ल्याएकी थिइन्। ‘छड्के तिलहरी’ उनको आफ्नै युट्युब च्यानलमा सार्वजनिक छ।

https://youtube.com/watch?v=ZbQvl_WxjoQ%3Fsi%3DnJzqCBxwb040f6RT

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-07-28