
काठमाडौँ । गाजामा बढ्यो भोकमरीका बिचमा संयुक्त अरब इमिरेट्स (युएई) ले तत्काल हवाई मार्गबाट सहायता पुनः सुरु गर्ने बताएको छ ।
युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले गाजामा मानवीय अवस्था गम्भीर स्तरमा पुगेको भन्दै युएईले प्यालेस्टिनी जनताको जीवन बचाउने सहायता प्रदान गर्ने प्रयासमा अग्रपंक्तिमा रहेको बताएका छन् ।
उनले भनेका छन्- ‘हामी आवश्यक सहायता सबैभन्दा बढी आवश्यक परेकाहरूसम्म पुगोस् भन्ने सुनिश्चित गर्न चाहन्छौं, चाहे त्यो जमिन, हवाई वा समुद्री मार्गबाट होस् । हामी हवाई मार्ग तुरुन्तै पुनः सुरु गर्दैछौं ।’
इजरायलले गाजामा अन्य देशहरूलाई सहायता पुर्याउन अनुमति दिने बताएपछि युएईको यस्तो भनाई आएको हो ।
गाजामा भोकमरीका कारण अहिलेसम्म १२२ भन्दा बढीको मृत्यु भएको बताइएको छ । संयुक्त राष्ट्र संघको खाध्य कार्यक्रमले गाजामा हाल तीन मध्ये एक जनासँग खान नभएको आँकडा दिएको छ ।
pratikshya
प्रकाशित: १२ श्रावण २०८२, आईतवार ११:५८
सेखर वाग्ले राष्ट्रिय युवा संघ नेपालको मधेश प्रदेश अध्यक्ष नियुक्त

एआईको बढ्दो प्रयोगले कसरी निम्त्याउदैछ पानीको संकट ?

थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न सहमत

सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै चिनियाँ कम्पनि

आज विश्व बाघ दिवस

संघीय संसदका पाँच समितिको बैठक बस्दै
