काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ ।
युएसएआइडीले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने उद्घोष गरेको हो ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहने बताए ।
यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप बलियो बनाएको उनको भनाइ थियो ।
युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ
कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन युएसएआइडीले आगामी पाँच वर्ष नेपालका सात वटै प्रदेशका स्थानीय सरकारसँग सहकार्य गर्नेछ । विविध पृष्ठभूमि र क्षमताका विद्यार्थीसँग काम गर्न शिक्षकशिक्षिका अझ सुसज्जित होऊन भन्ने हेतु शिक्षक तालिमलाई परिमार्जन गर्न युएसएआइडीले स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ । त्यसका साथै युएसएआइडीले सीमान्तकृत समुदायमा रहेका न्यून उपलब्धिमूलक विद्यालयमा पाठ्यपुस्तक, शौचालय, पुस्तक कुना र कक्षाकोठा सुधारलगायतका विविध आवश्यकतामा सहयोग पु¥याउने प्रत्यक्ष अनुदान पनि उपलब्ध गराउने जनाएको छ ।
युएसएआइडी शिक्षा क्षेत्रीय प्रत्यक्ष वित्तपोषण
युएसएआइडीले सबै प्रदेशमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सहयोग गर्ने सङ्घीय, प्रादेशिक तथा पालिका सरकारहरूको क्षमतालाई बलियो बनाउने ।, नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई योजना तर्जुमा र बजेट निर्माणका साथै पहुँच अभिवृद्धि, समता तथा समावेशीकरणको प्रवर्द्धन र शिक्षा प्रणालीको उत्थानशीलता सुदृढ गर्नेसँग सम्बन्धित क्रियाकलापको कार्यान्वयनमा पनि युएसएआइडीले सहयोग गर्ने उल्लेख गरेको छ ।
युएसएआइडी समतामूलक तथा समावेशी शिक्षा
शिक्षा अपूरै छोड्ने सर्वाधिक जोखिममा रहेका युवामा ध्यान केन्द्रित गर्दै युएसएआइडीले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठामा फिर्ता ल्याउने, विद्यालय बिचमै छाड्नेको सङ्ख्या घटाउने र सबै विद्यार्थीका लागि गुणस्तरीय सिकाइ अनुभवको प्रत्याभूति गर्ने जनाएको छ । यस पञ्चवर्षीय कार्यक्रमको कार्यान्वयन प्लान इन्टर्नेसनल र सोसम्बद्ध समूहले गर्नेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार ०८:१९
काठमाडौंमा भूकम्पको धक्का महसुस
बालगायक सचिन परियारको निधन
ओलीमाथि भीम रावलको आरोप नै आरोप, ७४ प्रश्न (पूर्णपाठ)
बसले थिच्दा सर्लाहीमा सशस्त्र प्रहरी इन्स्पेक्टर विजय कुमार तुलाधरको मृत्यु
परम्परागत खानपान बनाउने सिपयुक्त समूहहरुलाई तालिम प्रदान गर्न उपप्रमुख सुनिता डंगोलको निर्देशन
वसन्तपुरमा मनाइयो राष्ट्रिय टोपी दिवस (तस्बिरसहित)