
काठमाडौं । सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका थिए ।
सन् २०२४ को सोही समयमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका छन् । फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को तुलनामा सन् २०२४ को फेब्रुअरीमा भारतबाट आउने पर्यटकको सङ्ख्या ३९ प्रतिशतले वृद्धि भएको बताइएको छ । यस वर्ष फेब्रुअरीमा भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्या २५ हजार ५७८ रहेको छ । गत वर्ष १८ हजार ४०१ पर्यटक नेपाल आएका थिए ।
बोर्डको तथ्याङ्क अनुसार फेब्रुअरीमा भारतपछि सबैभन्दा बढी चीनबाट नौ हजार १८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार ७९९, बेलायतबाट चार हजार ५७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६८४ जना पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ र सन् २०२१ को फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरीमा विदेशबाट नेपाल घुम्नका लागि ७९ हजार एक सय पर्यटक हवाई माध्ययमबाट नेपाल आएको बोर्डको तथ्याङ्कले देखाएको छ । सन् २०२३ मा १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
Sudina Shrestha
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार ०८:१४
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
