ककाठमाडौँ, गायिका उर्मिला लाम्गादेको नयाँ ख्रीष्टियन म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक भएको छ। ख्रीष्टमसको अवसर पारेर सार्वजनिक गरिएको गीतले येशू ख्रीष्टको जन्मसँग जोडिएको प्रेम, क्षमा र आशाको सन्देश बोकेको निर्माण टिमले जनाएको छ।गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने संगीत संयोजन बिशम आचार्यले गरेका हुन्। केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा सम्राट अधिकारी, श्रृष्टि सुब्बा र देवेन्द्र बरालको अभिनय देख्न सकिन्छ।अजय रेग्मीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको यस भिडियोले ख्रीष्टियन प्रेम–सन्देशमार्फत समाजमा सकारात्मक सोच प्रवाह गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।ख्रीष्टमसको आत्मिक सन्देशलाई केन्द्रमा राखेर तयार गरिएको म्युजिक भिडियो गायिका उर्मिला लाम्गादेको युट्युब च्यानल ‘उर्मिला लाम्गादे’ मार्फत सार्वजनिक गरिएको हो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-15
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
