काठमाडौँ, फिल्म ‘परालको आगो’ ले आफ्नो प्रदर्शन मिति ११ बैशाख तय गरेको छ। मंगलबार निर्माण टोलीले केही ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो।फिल्मको छायांकन पूरा भइसकेको छ र म्याग्दी जिल्लाका रमणीय स्थानहरूमा खिचिएको जनाइएको छ।
निर्माता सुशील पोखरेलले अन्य फिल्मलाई पनि प्रदर्शनको अवसर मिलोस् भन्ने उद्देश्यले साधारण मितिमा फिल्म ल्याउने निर्णय गरेका हुन्।
उनले सोही मितिमा अन्य फिल्म नल्याइदिन समेत आग्रह गरे।गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र एन्जिला बानियाँको अभिनय रहेको छ।फिल्मको पटकथा सुशील देवकोटाले तयार पारेका हुन् भने निर्देशन लक्ष्मण सुनारले गरेका हुन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
