काठमाडौँ । बलिउडका किंग खान अर्थात् शाहरुख खानका जेठा छोरा आर्यन खान अब बलिउडमा प्रवेश गर्न तयार छन् ।
तर, आर्यनले आफ्नो बुबा जस्तै अभिनेताको रूपमा होइन तर निर्देशकको रूपमा बलिउडमा डेब्यू गर्न लागेका हुन् । आर्यनले ओटीटीबाट डेब्यू गर्दैछन् । उनको डेब्यू शो ‘द ब्याड्स अफ बलिउड’ को ट्रेलर सार्बजनिक गरिएको छ । यो शो नेटफ्लिक्समा सेप्टेम्बर १८ मा प्रशारण हुदै छ । यसका लेखक र निर्देशक आर्यन खान हुन् ।
बलिवुडकै कहानीमा आधारित यस शो को ट्रेलर हेर्दा एक्सन, ड्रामा र रोमान्सले भरिपूर्ण रहेको देखिन्छ । यो वेब सिरिज पूर्ण सामान्य बलिउड फिल्म मसला बनेको स्पष्ट हुन्छ ।
यस सिरिजमा बबी देओल, राघव जुयाल र मोना सिंह जस्ता स्टारहरूको अभिनय छ भने ट्रेलरमा सलमान खान, करण जोहर जस्ता हस्तीहरुको समेत झलक देखाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
