काठमाडौँ । गाजामा पूर्ण नियन्त्रण लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाको विरुद्धमा इजरायलमा प्रदर्शन शुरु भएको छ ।
टाइम्स अफ इजरायलका राजनीतिक संवाददाता ताल स्नाइडरले इजरायलमा ठूलो असन्तुष्टि रहेको र मानिस बिहीबार रातिदेखि दर्जनौं ठाउँहरूमा सरकारको विरोधमा सडकमा उत्रिएको बताएका छन् । उनले सरकारले धेरै अलोकप्रिय कदम चालेको र सरकारको पछिल्लो निर्णयप्रति व्यापक असन्तुष्टि रहेको बताएका छन् । उनले सरकारले कूटनीतिक वा राजनीतिक समाधान खोज्नुको सट्टा बढी बलियो कदम चाल्ने मानसिकतामा फसेको आम रुपमा आरोप लगाइएको उल्लेख गरेका छन् ।
इजरायलको सुरक्षा क्याबिनेटमा १० घण्टाको छलफलपछि शुक्रबार बिहान गाजालाई पूर्ण रुपमा नियन्त्रण लिने नेतान्याहूको योजना अनुमोदन गरिएको थियो । यस अघि प्रधानमन्त्री नेतान्याहूको योजनाप्रति सेनाको शिर्ष नेतृत्व समेत असहमत भएको बताइएको थियो । इजरायली जनताले गाजामा पूर्ण नियन्त्रणतर्फ जादा हाल बन्धक रहेका इजरायलीको सकुशल रिहाइ झन् अनिश्चित हुने भन्दै विरोध शुरु भएको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-08
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
