रसुवा । भोटेकोशीमा आएको बाढीले पुर्याएको नोक्सान प्रारम्भिक विवरण संकलन गर्न समिति गठन गरिएको छ ।
समितिमा गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजनाका योजना प्रमुख ई. खड्गलाल श्रेष्ठ संयोजक रहेका छन् ।
त्यस्तै सदस्यमा प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराई, यान्त्रिक कार्यालय, नुवाकोटका प्रमुख विजय हाछेथु, सघन सहरी तथा भवन निर्माण, धादिङका प्रमुख ई. शसिन्द्र घिमिरे, उत्तरगया गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत होमनाथ दाहाल, गोसाइँकुण्ड गाउपलिका-२ का वडा अध्यक्ष कामी छिरिङ तामाङ, रसुवा विद्युत प्राधिकरणका प्रमुख गुन्जमान तामाङ, नेपाल टेलिकम, रसुवाका नारायण श्रेष्ठ, रसुवागढी जलविद्युतका प्रमुख सत्यराम ज्याख्वा, चिलिमे जलविद्युतका प्रमुख मनिष विष्ट, नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर शोभाकान्त राउत, नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपध्यक्ष गंग बहादुर घिमिरे र जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी रहेका छन् ।
बुधबार बसेको रसुवाको जिल्ला सुरक्षा समिति, जिल्ला व्यवस्थापन समितिको आकस्मि बैठकले विपद् प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
