
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलविरुद्ध ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले ब्राजिललाई अमेरिकी प्राविधिक कम्पनीहरूमाथि आक्रमण गरेको आरोप लगाउदै ५० प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।
ट्रम्पले ब्राजिल सरकारमाथि पूर्व राष्ट्रपति जायर बोल्सोनारोको जासुसी गरेको पनि आरोप लगाएका छन् । बोल्सोनारोमाथि ब्राजिलमा २०२२ को आम चुनावको नतिजा उल्टाएको आरोप लगाइएको छ । हाल यस विषयमा उनीविरुद्ध मुद्दा चलिरहेको छ । बोल्सोनारो र ट्रम्पको राम्रो रहेको बताइन्छ ।
ट्रम्पको घोषणापछि ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले अमेरिकी करविरुद्ध पनि कर लगाउने बताएका छन् ।
उनले ब्राजिलले न्यायिक प्रणालीमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताउदै ब्राजिलले कसैको हस्तक्षेप स्वीकार नगर्ने र कानूनभन्दा माथि कोही नभएको बताएका छन् ।
pratikshya
प्रकाशित: २६ असार २०८२, बिहीबार १२:३७
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
