
नेपाल मानव धर्म सेवा समितिले धान बालिमा सघनाता भन्ने नारालाई साकार गर्न २२ औ राष्ट्रिय धान दिवस देशभरीका विभिन्न क्षेत्र तथा शाखा आश्रमहरुमा भव्य रुपमा सम्पन्न गरेको छ ।

कृषि प्रतिको सम्मान र सामूहिक एकताको भावना विकास गर्ने उद्देश्यका साथ समितिले झापा, सर्लाही, मकवानपुर, गण्डकी, बाँके, महेन्द्रनगर लगायका क्षेत्रमा दहि, चिउरा खाएर तथा विभिन्न अरु संस्थालाई वितरण गरेर अनि धान रोपेर राष्ट्रिय धान दिवस उल्लास पूर्वक सम्पन्न गरेको हो ।

विश्वमा विस्तारै खाद्य संकट बढ्ने संकेत देखिरहेका बेला नेपालमा भने खाद्य अभाव नहोस भन्नका लागि धान दिवस मनाउने गरिन्छ ।
नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीका अनुसार अन्नको राजा मानिने धानको जगेर्ना गर्न राज्य लागिपरेको र यसमा हरेक सचेत नागरिकको भुमिका उत्तिकै रहेको छ । उहाँका अनुसार कृषि नेपालीको पहिचान हो तर यहि पहिचानलाई पछिल्लो पुस्ताले भुलेरहेका कारण उनीहरुलाई प्रयोगात्मक तरिकाले धान रोप्न सिकाउन पनि धान दिवस मनाउन आवश्यक छ । उहाँ भन्नुहुन्छ, ूदही चिउरा खाने तथा धान रोप्ने संस्कृती विस्तारै हराउदै गयो । सहरमा बस्नेहरुले खेती बारी विर्सदै गए । बच्चाहरुलाई आफ्नो धरातलमा ल्याउन अनि संस्कृती जगेर्ना गर्न धान दिवसलाई उल्लासका साथ मनाउनु जरुरी छ । वर्षमा एक दिनभएपनि माटोमा छिर्नाले माटो प्रतिको माया र प्रेम प्रगाढ भएर जाने पनि उहाँको विश्वास छ ।
समितिले झापाको धुलावारीमा आयोजना गरेको राष्ट्रिय धान दिवस विशेष कार्यक्रममा भारतको दार्जिलिङ, सिलिगुरी, सिक्किम, आसामबाट पनि प्रतिनिधीहरु आएका थिए । विभिन्न संघसंस्था तथा विद्यालयका विद्यार्थी र शिक्षक–शिक्षिकाहरुको उपस्थीतिमा सम्पन्न कार्यक्रममा विशेष सांस्कृतीक कार्यक्रमहरु लोक गीत, नाच गान, रोपाइँ संस्कृतिको प्रदर्शन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई कृषि, खेति(किसानी र कृषक जीवनबारे प्रयोगात्मक चिनारी प्रदान गरिनुका साथै र आपसी सद्भावको सन्देश समेत प्रवाह गरिएको थियो ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार १०:३७
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
