काठमाडौँ । भारतको तेलङ्गानाको संगारेड्डीस्थित पसामिलाराम औद्योगिक क्षेत्रमा भएको रिएक्टरमा विस्फोटबाट भएको ठूलो आगलागीमा ३४ जनाको मृत्यु भएको छ ।
भारतीय मिडिया भास्करका अनुसार केमिकल कारखानामा भएको यस दुर्घटनामा चार जनाको पहिचान भएको र बाँकीको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ । यस दुर्घटनामा ३५ जना घाइते भएका छन् । सबैको उपचार भइरहेको छ ।
यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ । यसबाहेक ५७ जना सकुशल फेला परेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना बारे दुख व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘तेलङ्गानाको संगारेड्डीमा रहेको एक कारखानामा भएको आगलागी घटनामा मानिसहरूको मृत्यु भएकोमा म दुःखी छु । हाम्रा समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार राहत दिने समेत बताएका छन् ।
यसका साथै, बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितहरूलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
