
काठमाडौँ । भारतको तेलङ्गानाको संगारेड्डीस्थित पसामिलाराम औद्योगिक क्षेत्रमा भएको रिएक्टरमा विस्फोटबाट भएको ठूलो आगलागीमा ३४ जनाको मृत्यु भएको छ ।
भारतीय मिडिया भास्करका अनुसार केमिकल कारखानामा भएको यस दुर्घटनामा चार जनाको पहिचान भएको र बाँकीको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ । यस दुर्घटनामा ३५ जना घाइते भएका छन् । सबैको उपचार भइरहेको छ ।
यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ । यसबाहेक ५७ जना सकुशल फेला परेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना बारे दुख व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘तेलङ्गानाको संगारेड्डीमा रहेको एक कारखानामा भएको आगलागी घटनामा मानिसहरूको मृत्यु भएकोमा म दुःखी छु । हाम्रा समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार राहत दिने समेत बताएका छन् ।
यसका साथै, बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितहरूलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार १०:१४
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
